लागू औषधसहित एक पक्राउ
पाेखरा | पुस २२, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नं.२३ घाटछिना बस्ने ३२ वर्षीया याम बहादुर गुरुङलाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त लागू औषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
गुरुङको साथबाट डाईजापाम १६ एम्पुल, फेनेरागन १६ एम्पुल र नर्फिन १६ एम्पुल गरी जम्मा ४८ एम्पुल लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
गुरुङलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

